Monday, June 20, 2011

एसएलसी रिजल्ट आज आउने, परीक्षा समितिको बोर्ड बैठक सुरु

अशिम अधिकारी , भक्तपुर, असार ६- एसएलसी रिजल्ट प्रकाशन गर्न परीक्षा समितिको बोर्ड बैठक भर्खरै परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा सुरु भएको छ। शिक्षा सचिव शंकर पाण्डेको अध्यक्षतामा बैठक बसेको हो। बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिनेछ। यसवर्षको परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना परीक्षार्थी सहभागी भएका थिए। यसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार ७९१ र छात्रा दुई लाख ६ हजार ६२० छन्। एक्जाम्टेडतर्फ छात्र २५ हजार ८०५ र छात्रा ३४ हजार २७ जना छन्। परीक्षामा ८९ वटा खुला विद्यालयका आठ हजार १४० जना परीक्षार्थी सामेल छन्।
खुला विद्यालयमा नियमिततर्फ सात हजार ७९४ र एक्जाम्टेडतर्फ ३४६ जना परीक्षार्थीमध्ये शिविरका लडाकू र विदेशी नागरिक पनि सहभागी छन्। 

एसएमएसबाट नतिजा पाउन सकिने
एसएलसी रिजल्ट प्रकाशन हुनासाथ मोबाइलमा त्यसको जानकारी पाउने व्यवस्था लाइभसेलले गरेको छ। यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर SLC <space> तपाईँको सिम्बोल नम्बर टाइप गरेर ५२२५ मा पठाउनु पर्नेछ। उदाहरणका लागि SLC 0123456A टाइप गरेर ५२२५ मा पठाउनु पर्नेछ। २४ सै घण्टा खुला रहने यो सेवाका लागि नतिजा प्रकाशन हुनुअगावै रजिस्ट्रेसन गर्न सकिने लाइभसेलले जनाएको छ। यो सेवा प्रयोग गर्दा सरकारी करबाहेक पाँच रुपैयाँ शुल्क लाग्ने लाइभसेलले जनाएको छ।

No comments:

Post a Comment